काठमाडौं । यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिष्ठित एफजेट सिरिजको विरासतलाई अझ अगाडि बढाउँदै कम्पनीले नेपाली बजारमा एक नयाँ सेगमेन्टको सुरुवात गर्न लागेको हो । यस मोटरसाइकलको लन्च कार्यक्रम चैत्र ६ गते करिब २५६ फिट उचाइमा अवस्थित एक विशेष स्थलमा आयोजना हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार करिब एक दशकभन्दा लामो समयदेखि नेपालका मोटरसाइकल प्रयोगकर्तामाझ लोकप्रिय रहँदै आएको यामाहा एफजेट सिरिज यसको मजबुत डिजाइन, सन्तुलित प्रदर्शन तथा भरपर्दो माइलेजका कारण विशेष पहिचान बनाएको छ । जापानी प्रविधिमा आधारित यामाहाको विश्वसनीय इन्जिनियरिङले शक्ति, आराम र कार्यक्षमताबीच सन्तुलन कायम गर्दै आएको छ, जसले यसलाई देशभरका राइडरहरूको पहिलो रोजाइ बनाएको छ ।
यसै परम्परालाई निरन्तरता दिँदै यामाहाले अब हाइब्रिड प्रविधियुक्त नयाँ मोडेल ल्याउन लागेको हो । कम्पनीले ‘भविष्य आजबाट सुरु हुन्छ’ भन्ने सन्देशका साथ आधुनिक र स्मार्ट प्रविधि दैनिक प्रयोगकर्तामाझ ल्याउने लक्ष्य लिएको छ ।
नेपालको सडक पूर्वाधार र यातायातको अवस्था निरन्तर परिवर्तन भइरहेका बेला उच्च कार्यक्षमता र इन्धन दक्षता भएका साधनहरूको माग बढ्दो छ । उकालो–ओरालो बाटो, घुमाउरा राजमार्ग र सहरको व्यस्त ट्राफिकलाई ध्यानमा राख्दै, नयाँ हाइब्रिड मोटरसाइकलले उत्कृष्ट प्रदर्शनसँगै इन्धनको बचत सुनिश्चित गर्नेछ ।
कम्पनीका अनुसार हाइब्रिड प्रविधिले परम्परागत इन्जिन शक्ति र इलेक्ट्रिक सहायताको संयोजनमार्फत सहज एक्सेलेरेसन, कम उत्सर्जन र उच्च माइलेज प्रदान गर्दछ । यो नयाँ हाइब्रिड मोटरसाइकल १४९ सीसी एयर–कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनमा आधारित रहेको छ, जसलाई स्मार्ट हाइब्रिड असिस्ट प्रणालीले थप प्रभावकारी बनाएको छ । सामान्य मोटरसाइकल जस्तो केवल फ्युल कम्बसनमा मात्र निर्भर नभई यस हाइब्रिड प्रणालीले स्टार्ट गर्दा र एक्सेलेरेसनका बेला ब्याट्रीमार्फत अतिरिक्त सहयोग प्रदान गर्दै समग्र राइडिङ अनुभवलाई सहज र उन्नत बनाउँछ । करिब १३५ केजी तौलको हलुका संरचनाले मोटरसाइकललाई सजिलै सञ्चालन गर्न सकिने बनाएको छ । मोनोक्रस सस्पेन्सनले झट्का कम गर्दै आरामदायी यात्रा सुनिश्चित गर्छ भने सन्तुलित पावर डेलिभरीले सहर तथा राजमार्ग दुबैमा उत्कृष्ट नियन्त्रण प्रदान गर्दछ । डिजाइनतर्फ यामाहाको ‘स्ट्रीट–लर्ड’ स्टाइललाई प्राथमिकता दिइएको छ । इनबिल्ट साइडलाइट, छुट्टाछुट्टै हाई र लो बीम भएको एलईडी हेडलाइटले सबै अवस्थामा स्पष्ट दृश्यता प्रदान गर्छ । दुई तहको सिट डिजाइनले चालक तथा पछाडि बस्ने दुबैका लागि आरामदायी अनुभव दिन्छ भने मिडशिप मफलरले सन्तुलित ध्वनि उत्पादन गर्छ । साथै, इन्जिन अन्डर काउलले सुरक्षा र आकर्षण दुवै थपेको छ ।
सुरक्षाका दृष्टिले पनि यसमा विशेष ध्यान दिइएको छ। फ्रन्ट डिस्क ब्रेकसँग सिंगल–च्यानल बोस्च एबीएस, २२० मिमी रियर डिस्क ब्रेक तथा १४० मिमी चौडाइको रियर टायरले उत्कृष्ट ग्रिप र स्थिरता प्रदान गर्छ । साथै, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विचले अतिरिक्त सुरक्षा सुनिश्चित गर्दछ । आधुनिक सुविधाअन्तर्गत नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, आवश्यक जानकारीको सहज प्रदर्शन तथा ई२० इन्धनसँग अनुकूलता समावेश गरिएको छ, जसले वातावरणीय मापदण्डसँग मेल खान्छ ।
यामाहाको देशव्यापी सञ्जालले ग्राहकलाई अझ भरोसायोग्य सेवा प्रदान गर्दै आएको छ । नेपालभर फैलिएको डिलरशिप, सेवा केन्द्र तथा अधिकृत सेवा प्रदायकमार्फत कम्पनीले गुणस्तरीय आफ्टर–सेल्स सेवा र जेनुइन पार्ट्स सहज रूपमा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीका अनुसार मोटरसाइकल क्षेत्रमा हाइब्रिड प्रविधि भित्र्याउँदै यामाहाले केवल नयाँ उत्पादन मात्र नभई नेपाली बजारमा नयाँ युगको सुरुवात गर्न लागेको छ । यसले प्रदर्शन, कार्यक्षमता र दिगो यातायातको दिशामा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया