१६ असार २०८३, मंगलबार

युद्धका कारण महँगिदै हवाई टिकट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा जारी युद्धले हवाई यात्रा महँगिन थालेको छ । बढ्दो इन्धनको मूल्यले यात्रुहरूलाई प्रत्यक्ष असर गरेको हो । टिकटको लागि बढी मूल्य तिर्न यात्रुहरू बाध्य भएका छन् ।

रिपोर्टका अनुसार, युद्धका कारण कच्चा तेल र विमान इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ । यसले एयरलाइन्सहरूको लागत बढाएको र टिकटको मूल्य बढेको हो । धेरै एयरलाइन्सले टिकटमा अतिरिक्त शुल्क थप्न थालेका छन् ।

विज्ञहरूका अनुसार युद्ध र तेल संकट लामो समयसम्म जारी रहेमा उडानहरूको संख्या घट्न सक्छ र टिकटको मूल्य झन महँगिन सक्छ ।