२९ असार २०८३, सोमबार

नेतान्याहूको दाबी– हामी एक्लैले इरानी ग्यास क्षेत्रमा आक्रमण गर्‍यौँ, अमेरिका संलग्न थिएन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा जारी युद्धकाबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको दक्षिण पार्स ग्यास क्षेत्रसँग जोडिएको प्रशोधन प्लान्टमा भएको आक्रमण इजरायलले एक्लैले गरेको र अमेरिका यसमा संलग्न नभएको दाबी गरेका छन् । नेतान्याहूले बिहीबार राति पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

नेतान्याहूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई तत्कालका लागि यस्ता आक्रमणहरू रोक्न आग्रह गरेका छन् र इजरायलले यसको पालना गरिरहेको छ । ‘ट्रम्पले हामीलाई भविष्यमा यस्ता आक्रमणहरू रोक्न आग्रह गरेका थिए, र हामी अहिलेलाई त्यसो गर्नबाट रोकिरहेका छौँ ।’ नेतान्याहूले भने ।