काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय लिगका खेलहरू पनि स्थगित गरेको छ । अध्यागमन विभागको पत्रपछि पुरुष राष्ट्रिय लिग स्थगित गरेको एन्फा महिला लिग पनि स्थगित गरेको हो ।
भोलिदेखि ३ दिनका लागि महिला लिग स्थगित गरिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । त्यसपछि छलफल गरेर अघि बढ्ने तुलाधरले बताए । बुधबारबाट सुरु भएको महिला लिगमा ४ खेल भएका छन् ।
अध्यागमन विभागले आज नै पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र काटेको थियो ।








प्रतिक्रिया