३१ असार २०८३, बुधबार

मोटो भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केही दिनअघि भक्तपुरको नगरकोटमा दुई जना मोटो भ्लगरमाथि कुटपिट गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार चालक चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई आज पक्राउ गरेको हो।

तामाङले गलत लेनमा गाडी चलाएको र मोटरसाइकल रहेका भ्लगरले सम्झाउने क्रममा उनले उल्टै कुटपिट गरेका थिए । सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि उनलाई पक्राउ पर्न चौतर्फी दबाव परेको थियो ।

भिडिओ सार्वजनिक भएपछि उनी फरार रहँदै आएका थिए ।