१६ असार २०८३, मंगलबार

काठमाडौं महानगर र स्वास्थ्य संस्थाहरुबीच सहकार्य सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका र थापाथली परोपकार तथा प्रस्तुती गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ । स्वास्थ्य तथा सामुदायिक सहयोग सम्बन्धी काम गर्न बिहीबार सम्झौता भएको हो ।

उक्त सम्झौतापछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि विभिन्न हेल्प सेन्टरहरूसँग सहकार्य गरेको बताइन् ।

‘हामीलाई काम गर्नका लागि स्थान आवश्यक पर्छ, तर काठमाडौंमा ठाउँ पाउन गाह्रो छ । यस पटक प्रसूति गृहसँगको सहकार्यले स्वास्थ्य प्रवद्र्धन केन्द्रका कार्यहरू व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुर्याउनेछ । जतिसक्दो छिटो काम गर्नुपर्छ,’ उनले भनिन् ।

डंगोलले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि विभिन्न हेल्प सेन्टरहरूसँग सहकार्य भइरहेको जानकारी दिइन् ।

उनले विद्यार्थीहरूमा बढ्दो आँखासम्बन्धी समस्याबारे पनि सचेत गराउँदै भनिन्, ‘धेरै विद्यार्थीहरू मोबाइलमा बढी समय बिताइरहेका छन् । त्यसले आँखामा समस्या निम्त्याइरहेको छ । नेपाल आँखा अस्पतालसँगको सम्झौताले करिब २० हजार विद्यार्थीलाई प्रत्यक्ष लाभ पुर्याउनेछ ।’

उनले काम गर्नको लागि जनशक्ति कम भएपनि आवश्यक परेको खण्डमा १० को ठाउँमा २० जना राखेर काम गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘स्टाफ कम भए पनि आवश्यक परेको खण्डमा १० को ठाउँमा २० जना राखेर काम गरिनेछ । स्वास्थ्य सेवा र व्यवस्थापनका सबै कामहरू प्रभावकारी रूपमा सञ्चालन हुनेछन् ।’