३१ असार २०८३, बुधबार

कैलालीमा गोली चल्यो : श्रीमतीको मृत्यु, श्रीमान घाइते

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । कैलाली गोदावरी नगरपालिका वडा नम्बर–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगर र उनकी २८ वर्षीय श्रीमती संजिता मगरमाथि गोली प्रहार भएको छ ।

गोली प्रहारबाट २८ वर्षीया संजिताको मृत्यु भएको छ, भने ३१ वर्षीय रामबहादुर घाइते भएका छन् ।

बुधबार जङ्गलमा बाख्रा चराउन गएका बेला उनीहरूमाथि गोली प्रहार भएको थियो ।

प्रहरीले रामबहादुरले आफ्नी श्रीमतीमाथि भरुवा बन्दुकको गोली चलाएर आफूलाई पनि गोली हानेको हुनसक्ने अनुमान गरेको छ । अहिले घाइते अवस्थाका रहेका रामको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय माला खेतीका डिएसपी रणबहादुर चन्दले जानकारी दिए ।