काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्धकाबीच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने बताएका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, खामेनीले चेतावनी दिएका छन्– प्रत्येक रगतको मूल्य हुन्छ जुन शहीदहरूको हत्या गर्ने अपराधीहरूले चाँडै तिर्नुपर्नेछ । अमेरिका र इजरायलले चुकाउनुपर्नेछ ।
‘यस्ता आतंककारी कार्यहरूले शत्रुहरूको शत्रुता मात्र देखाउँछन् र इस्लामिक राष्ट्रको संकल्पलाई अझ बलियो बनाउनेछन् । न्याय हुनेछ भन्नेमा कुनै शंका छैन,’ खामेनीले भनेका छन् । उनले लारिजानीलाई ‘देशभक्त’ नेताको रूपमा वर्णन गर्दै उनको हत्याले उनका शत्रुहरूले उनलाई कति मूल्यवान ठान्छन् भन्ने देखाएको बताए ।
खामेनीले शहीदहरूको रगतको बदला चाँडै लिइने चेतावनी पनि दिए । उनले यस्ता आक्रमणले इरानलाई कमजोर नभई बलियो बनाउने बताए ।








प्रतिक्रिया