काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेका नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले राजीनामा दिएका हुन् ।
विशेष महाधिवेशनले पार्टीको नेतृत्वमा पुगेका थापा आफैं सर्लाही–४ बाट पराजित भएका थिए । यसअघि संसदको सबैभन्दा ठूलो दल कांग्रेस यसपटक प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा खुम्चिन पुग्यो ।
थापाले पार्टीका उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा भने स्वीकृत भएको छैन । भोलि चैत ६ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामाबारे निर्णय गर्नेछ ।








प्रतिक्रिया