२८ असार २०८३, आइतबार

वर्तमान संविधानप्रति प्रद्धिबद्ध छौँ : रवि लामिछाने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू वर्तमान संविधानप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै उनले सो कुरा बताएका हुन् । सभापति लामिछानेले शासकीय स्वरुपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरू रहेको बताए ।

लामिछानेले अहिले वर्तमान संविधानप्रति आफूहरूको प्रतिबद्धता नडगमगाएको बताए । पार्टीका सांसदहरू पनि डगमगाउन नहुने बताए । पुराना नेताहरूले मुलुकमा पु¥याएको योगदानलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ ।