६ श्रावण २०८३, बुधबार

अपडेट : हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं पठाइयो (नामावली सहित)

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकामा आज दिउँसो एयर डाइनेस्टीको एक हेलिकप्टर दुर्घटनामा परेर सोही ठाउँका ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन् ।

उनलाई तत्कालै एयर डाइनेस्टीकै अर्को हेलिकप्टर मगाएर थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

हेलिकप्टरका चालक सविन थापाको अवस्था सामान्य रहेको र उनी काठमाडौं फर्किसकेका छन् । हेलिकप्टरमा सवार अन्य चार यात्रुहरू लक्ष्मी राई, समला राई, बालकुमार राई र दासमणि राई पनि सकुशल रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।