८ असार २०८३, सोमबार

थप कमान्डो बोकेर जाँदै गरेको अमेरिकी युद्धपोत सिङ्गापुर नजिकै देखियो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा मरिन र नाविकहरू लैजाँदै गरेको विश्वास गरिएको अमेरिकी नौसेनाको एउटा युद्धपोत उक्त क्षेत्रतर्फ जाने क्रममा सिङ्गापुर नजिकैको मलाक्का जलसन्धि नजिक पुगेका‘म्यारिटाइम ट्र्याकिङ’ तथ्याङ्कले मंगलबार देखाएको छ ।

एआईएस ट्र्याकिङ तथ्याङ्क अनुसार, एम्फिबियन जहाज’ यूएसएस त्रिपोली मंगलबार बिहान दक्षिण चीन सागरको दक्षिण–पश्चिमी छेउमा रहेको सिङ्गापुर नजिक पुग्दै गरेको देखिएको थियो ।

अमेरिकी नौसेनाका जहाजहरू प्रायः आफ्नोस्थान देखाउने उपकरण बन्द गरेर हिँड्ने गर्छन् । तर, सिङ्गापुर वरपरका पानीजस्ता अत्यधिक समुद्री सवारी चाप हुने क्षेत्रहरू पार गर्दा आफ्नो स्थान खुला गर्नाले सञ्चालन सुरक्षित हुन्छ ।

द वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेअनुसार, थप मरिनहरूलाई ट्रिपोली मार्फत मध्यपूर्व पु¥याइने बताइएको छ ।

पेन्टागनले परिचालनको आदेश दिएपछि ओकिनावास्थित ‘३१औँ मरिन एक्सपेडिसनरी युनिट’ बाट ती मरिनहरू आउँदै गरेको बताइएको हो ।

यो २,२०० कर्मचारीहरूको द्रुत–प्रतिक्रिया बल हो । अमेरिकी सेन्ट्रल कमान्डले इरानसँगको युद्धको हिस्साका रूपमा लगभग ५० हजार अमेरिकी सैनिकहरू पहिले नै मध्यपूर्वमा रहेको बताएको छ ।