काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’को अवसरमा २ चैतदेखि देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम गरिरहेको छ ।
यसैक्रममा बैंकले ‘स्मार्ट मनि टक्स’ भन्ने विषयमा केन्द्रित भई सुक्ष्म, साना र मझौला उद्यम व्यवासाय गर्ने ४७ जना व्यवासायीहरुलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया तथा कागजातसम्बन्धी विषयको जानकारीका साथै वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरुको बारेमा समेत जानकारी गराई व्यवसायीहरुलाई वित्तीय सहजता हुने अपेक्षासहित बौद्धमा एकदिने ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटिएम, साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।








प्रतिक्रिया