काठमाडौं । इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख नेता अली लारिजानी मारिएको पुष्टि भएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले इजरायली आक्रमणमा लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो । सोमबार राति भएको इजरायली आक्रमणमा लारिजानीसँगै उनका छोरा र बासिज अर्धसैनिक बलका कमाण्डर घोलामरेजा सुलेमानी पनि मारिएका हुन् ।
यसैबीच, हत्याको बदलामा इरानले मंगलबार इजरायली राजधानी तेल अभिभमा १०० भन्दा बढी स्थानहरूमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।
इरानले इजरायलको बलियो प्रतिरक्षा प्रणालीले आक्रमण रोक्न नसकेको दाबी पनि गरेको छ ।








प्रतिक्रिया