काठमाडौं । प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डंगोल पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थापाथलीबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दामा उनी पक्राउ परेका हुन् । उनीमाथि नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनविपरीत कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ ।
उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।








प्रतिक्रिया