२८ असार २०८३, आइतबार

करणले जापान प्रिमियर लिग खेल्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर लिग खेल्ने भएका छन् ।

मंगलबार जापान क्रिकेट संघले सामाजिक सञ्जालमार्फत करणले जापान प्रिमियर लिग खेल्ने तय भएको जनाएको हो । यद्यपि, उनी कुन टिममा अनुबन्धित भएका छन् भन्ने कुरा संघले खुलाएको छैन ।

“नेपालका करण केसी जापान प्रिमियर लिग खेल्न जापान आउँदै छन् । करणले प्रतियोगितामा उत्साह थप्ने विश्वास लिएका छौँ,” संघले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

जापान प्रिमियर लिग जापानमा घरेलु टी–२० क्रिकेटतर्फ सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा लिइन्छ । हालसम्म प्रिमियर लिगको चार संस्करण पूरा भइसकेको छ । साउथ कान्टो प्रतियोगिताको साविक विजेताको रुपमा रहेको छ ।

करणले हालसम्म टी–२० क्रिकेटमा घरेलुतर्फ १११ विकेट लिएका छन् भने अन्तर्राष्ट्रिय टी–२० तर्फ १०६ विकेट लिएका छन् । उनले काठमाण्डू गोर्खाजबाट नेपालमै गत मंसिरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण खेल्दा १३ विकेट लिएका थिए ।