११ असार २०८३, बिहिबार

कसले गराउँछन् सांसदलाई शपथ ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणको तयारी सुरु भएसँगै कसले शपथ गराउँछन् भन्ने विषय चर्चामा छ।

संवैधानिक व्यवस्थाअनुसार सबैभन्दा ज्येष्ठ सदस्यले शपथ गराउने प्रचलन छ ।

जसअनुसार यसपटक सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई शपथ गराउने छन्। उनलाई पहिले रामचन्द्र पौडेलले शपथ गराउनेछन्, त्यसपछि उनले अन्य सदस्यलाई शपथ दिलाउने प्रक्रिया अघि बढाउनेछन्।

शपथ नलिएसम्म कुनै पनि सांसदले सदनको काममा सहभागी हुन नपाउने व्यवस्था भएकाले यो प्रक्रिया अनिवार्य मानिन्छ। नयाँ सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यकै अध्यक्षतामा संसद् बैठक सञ्चालन हुनेछ।