३० असार २०८३, मंगलबार

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।