सुर्खेत । आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन् । आइतबार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन् ।
३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको थापाले बताए । बेपत्ता आमाछोरीको शव भेटिएको र पाँच वर्षीय छोरा दीपकको खोजी भइरहेको उनले जानकारी दिए ।








प्रतिक्रिया