९ असार २०८३, मंगलबार

श्रीलंकामा अब सरकारी कार्यालय र विद्यालय ४ दिन मात्र खुल्ने

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा जारी युद्धले तेलको चरम अभावको सामना गरिरहेको श्रीलंकाले इन्धन बचत गर्न महत्त्वपूर्ण निर्णय लिएको छ ।

श्रीलंका सरकारले अब सरकारी कार्यालयहरु सातामा चार दिन मात्र सञ्चालन गर्ने निर्णय गरेको हो । पहिलेदेखि आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले यो कदम चालेको हो ।

श्रीलंका सरकारले मार्च १६ (सोमबार)देखि सातामा सरकारी संस्थान, विद्यालय र विश्वविद्यालय चार दिन मात्र खुल्ने घोषणा गरेको हो । इन्धन बचत गर्न निजी कम्पनीहरूलाई पनि प्रत्येक बुधबार बिदा दिन भनिएको छ ।

कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा आवश्यक सेवा महानिर्देशक कार्यालयले यातायातमा प्रयोग हुने तेलको खपत कम गर्न यो कदम चाल्नु आवश्यक भएको स्पष्ट पार्‍यो । साथै, सरकारले निजी कम्पनीहरूलाई ऊर्जा बचत गर्न आफ्नो काम गर्ने दिन घटाउन वा घरबाट काम गर्ने जस्ता विकल्पहरू विचार गर्न पनि अपिल गरेको छ । अर्थतन्त्रलाई पूर्ण रूपमा ठप्प हुनबाट रोक्न यसले मद्दत गर्ने कार्यालयले बताएको छ ।

श्रीलंकाले इन्धन वितरणमा पनि आफ्नो नियन्त्रण कडा बनाएको छ । देशमा डिजिटल रासन प्रणाली लागू गरिएको छ । दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा कार, सवारीसाधनको प्रकारको आधारमा साप्ताहिक कोटा निर्धारण गरिएको छ ।

उपभोक्ताहरूले इन्धन स्टेशनहरूमा क्यूआर कोड देखाउन आवश्यक हुनेछ । यसले कालोबजारी रोक्ने सरकारको विश्वास छ ।