काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धमा भारतले होर्मुज जलडमरूम जलमार्ग नजिकै आफ्ना दुई युद्धपोत तैनाथ गरेको छ ।
एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भारतीय नौसेना टास्क फोर्स जहाजहरूले भारतका लागि तेल र ग्यास बोक्ने व्यापारीक जहाज र ट्याङ्करहरूलाई सुरक्षा प्रदान गर्ने जनाएको छ । साथै, आवश्यक परे सबै किसिमका सहयोग पनि गर्ने जनाइएको छ ।
यसैबीच, एलपीजी ग्यास बोकेको जहाज शिवालिक आज गुजरातको मुन्द्रा बन्दरगाहमा आइपुगेको छ । जहाजमा करिब ४६,००० मेट्रिक टन एलपीजी ग्यास छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नन्द देवी र जग लडकी नामक दुई थप भारतीय जहाजहरू पनि तेल र ग्यास लिएर भारत आउँदैछ ।








प्रतिक्रिया