काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ । आयोगले सोमबार साँझ समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुको सूची सार्वजनिक गरेको हो ।
निर्वाचित भएका उम्मेदवारहरूलाई चैत ५ गते बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।









प्रतिक्रिया