१३ असार २०८३, शनिबार

आफ्नो इन्धन डिपोमा आक्रमण भएपछि इरानले भन्यो– इजरायललाई युद्ध अपराधको सजाय दिनैपर्छ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायललाई युद्ध अपराधको सजाय दिनैपर्ने टिप्पणी गरेका छन् ।

उनले राजधानी तेहरानमा इन्धन डिपोहरूमा इजरायलले गरेको आक्रमणको कडा निन्दा गर्दै त्यसलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै अराघचीले त्यहाँ बस्ने मानिसहरूको स्वास्थ्य र जीवनमा दीर्घकालीन प्रभाव पार्नसक्ने बताए ।