काठमाडौं । जारी युद्धमा इरानले पहिलोपटक इजरायलमा सेजिल ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले इजरायली सैन्य अड्डालाई निशाना बनाइएको बताएको छ । यो एक ठोस तरल रणनीतिक मिसाइल हो, यसले २०००–२५०० किलोमिटरसम्म आक्रमण गर्न सक्छ ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार इरानले न युद्धविराम खोजेको छ न त संयुक्त राज्य अमेरिकासँग वार्ता गर्ने प्रयास गरेको छ । उनका अनुसार इरानले आवश्यक परेसम्म आफ्नो रक्षा गरिरहनेछ ।
सीबीएस न्यूजसँगको एक अन्तर्वार्तामा उनले इरान जारी युद्धमा पछि हट्ने छैन भने ।
‘जबसम्म ट्रम्प (अमेरिकी राष्ट्रपति)ले यो अवैध युद्ध हो भनेर स्वीकार गर्दैनन्, इरानले बदला लिने काम जारी राख्नेछ,’ उनले भने ।













प्रतिक्रिया