काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदमा सिफारिस गरेको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
रास्वपाले विभिन्न क्लस्टरबाट ५७ जनाको नाम सिफारिस गरेको हो । जसअनुसार समानुपातिक सांसदको दौडमा रहेका भनिएका गायक प्रकाश सपुत अटेका छैनन् ।
निर्वाचनअघि उनको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा आए पनि अन्ततः समानुपातिक सांसदमा उनको नाम नपरेको हो ।








प्रतिक्रिया