१० श्रावण २०८३, आइतबार

लेबनानमा नेपाली शान्ति सेनाको क्याम्पमा आक्रमण, सैनिक बंकरमा सुरक्षित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिणी लेबनानमा भएको गोलाबारीका क्रममा संयुक्त राष्ट्रसंघ अन्तरिम बल इन लेबनान अन्तर्गत खटिएका नेपाली शान्ति सैनिकको बटालियन मुख्यालय परिसरमा क्षति पुगेको छ।

आक्रमणका कारण सैनिक बसोबास गर्ने भवनमा भौतिक क्षति पुगेको र केही सामग्री नष्ट भएको नेपाली सेनाले जानकारी दिएको हो । तर सबै सैनिक समयमै बंकरमा रहेकाले कुनै मानवीय क्षति नभएको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र कसरी गोलाबारी भयो भन्ने विषयमा संयुक्त राष्ट्रसंघले अनुसन्धान गरिरहेको जनाइएको छ। लेबनानमा हाल पाँच सयभन्दा बढी नेपाली शान्ति सैनिक कार्यरत छन्।