काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक प्रणालीअन्तर्गत ९ जना पुरुषलाई सांसदका रूपमा सिफारिस गरेको छ।
पार्टी बैठकले कुल ५७ जना समानुपातिक सांसदको सूची तयार पार्दै तीमध्ये नौ जना पुरुषको नाम निर्वाचन आयोग मा पठाएको हो। आयोगले कानुनअनुसार संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।
रास्वपाले सो प्रावधानअनुसार बहुसंख्यक सिट महिलालाई दिँदै पुरुषतर्फ सीमित संख्यामा मात्रै नाम सिफारिस गरेको जनाएको छ।
पुरुषतर्फ सिफारिस भएकामध्ये खस–आर्यबाट रमेश प्रसाईं, दलित समूहबाट प्रकाशचन्द्र परियार, जनजाति समूहबाट राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा रहेका छन्।
त्यस्तै मधेसी समूहबाट पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण, तथा थारु समुदायबाट सुरेन्द्र चौधरी र प्रेमलाल चौधरीको नाम समावेश गरिएको छ।








प्रतिक्रिया