५ श्रावण २०८३, मंगलबार

सेफ उमेश तामाङको नेतृत्वमा हायात प्लेस बुटवलमा रैथाने स्वाद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । आधुनिक भान्सामा विदेशी परिकारको दबदबा बढिरहेको वर्तमान समयमा नेपालका आफ्नै मौलिक स्वादहरूको खोजी र जगेर्ना गर्नु पहिलेभन्दा अझ महत्त्वपूर्ण भएको छ ।

यसै सन्दर्भमा, हायात प्लेस बुटवलका एक्जुकेटिभ सेफ उमेश तामाङले ‘लस्ट फ्लेभर्स अफ नेपाल’ (नेपालका हराउँदै गएका स्वादहरू) अभियानमार्फत नेपाली परिकारको पुनरुत्थानको नेतृत्व गरिरहेका छन् । यो अभियान कुनै समय नेपाली भान्साको पहिचान बनेका परम्परागत परिकार, रैथाने सामग्री र पुराना पकाउने शैलीहरूलाई फर्काउन समर्पित छ । मौलिकतालाई आधुनिक प्रस्तुतिसँग जोडेर, सेफ तामाङले पुराना पुस्ताका कथा, परम्परा र यादहरू जोडिएका परिकारहरू पाहुनाहरूमाझ पस्कँदै छन् ।

आजको आधुनिक खानपान परिदृश्यमा सेफहरूको भूमिका भान्सामा मात्र सीमित छैन्, उनीहरू हाम्रा परम्परालाई जोगाउने र नयाँ पुस्तालाई चिनाउने ‘सांस्कृतिक प्रतिनिधि’ समेत हुन् । नेपाली खानपान र यसका क्षेत्रीय विशेषताहरूको गहिरो ज्ञान भएका सेफ तामाङ हाम्रा आमा र हजुरआमाहरूले मायाले पकाउने र पुस्तान्तरण हुँदै आएका घरेलु परिकारहरूलाई पुनः भान्सामा ल्याउन प्रतिबद्ध छन् ।

यस ‘लस्ट फ्लेभर्स अफ नेपाल’ अभियानमार्फत, सेफ तामाङ र उनको टोलीले बिर्सिंदै गएका पकाउने पद्दतिहरूलाई अपनाउँदै स्थानीय रैथाने सामग्रीहरूको प्रवर्द्धन गरिरहेका छन् । उनीहरूले परम्परागत स्वादलाई नबिगारिकन आधुनिक पारखीहरूलाई मनपर्ने गरी आकर्षक रूपमा प्रस्तुत गर्दैछन् । यो विशेष मेनुले क्षेत्रीय कुलिनेरी परम्पराबाट प्रेरित परिकारहरूलाई समेटेको छ, जसलाई मौलिकता कायम राख्दै आधुनिक स्वाद र शैली अनुसार तयार पारिएको छ ।

‘खाना आफैंले एउटा सशक्त कहानी बताउँछ,’ सेफ तामाङ भन्छन्, ‘कुनै समय हाम्रो भान्साको चिनारी बनेका धेरै परिकारहरू आज बिस्तारै हराउँदै गइरहेका छन् । एक सेफको नाताले यी परम्पराहरूलाई जोगाउनु र नयाँ पुस्तामाझ बाँड्नु हाम्रो दायित्व हो । यस अभियानमार्फत हामी हाम्रो खानपानको पहिचान निर्माण गर्ने ती मौलिक स्वादहरूलाई फर्काउने आशा राख्दछौँ ।’

नेपालको सम्पन्न खानपान सम्पदाको सम्मान गर्दै हायात प्लेस बुटवलले संस्कृति, परम्परा र समाजलाई जोड्ने अर्थपूर्ण भोजनको अनुभव प्रदान गर्न निरन्तर काम गरिरहेको छ । ‘लस्ट फ्लेभर्स अफ नेपाल’मार्फत होटलले आफ्ना पाहुनाहरूलाई परम्परागत परिकारहरूमार्फत नेपाली खानपानको गहिराइ र विविधतालाई पुनः अनुभव गर्न आमन्त्रण गरेको छ ।