काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका धनुषा क्षेत्र नं १ का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
आज न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले किशोरी साह कमलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। यसअघि शुक्रबार सर्वोच्च अदालतले नै साहलाई कालोसूचीबाट हटाउन आदेश दिएको थियो ।
यसअघि आयोगले दोस्रो बढि मत ल्याएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई सांसदको प्रमाण पत्र दिइसकेको छ।








प्रतिक्रिया