२५ असार २०८३, बिहिबार

आकर्षक बचतको अवसरसहित दराजद्वारा ‘द रियल सेल’को घोषणा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘द रियल सेल’ अभियानकोे घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन हुने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीका अनुसार यस अभियान अवधिभर ग्राहकहरूले ६० प्रतिशतसम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा ६३ लाख रुपैयाँ बराबरका भौचरहरूसहितका आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

अधिल्ला सेलहरुमा झैं यस सेलमा पनि विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन् । जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र ¥होटोका तर्फबाट ४४ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६० प्रतिशतसम्मको छुट, तथा सिल्वर पार्टनर नाइकका तर्फबाट ५० प्रतिशतसम्मको छुट उपलब्ध हुने जानकारी दिइएको छ ।

ग्राहकको विश्वास अझ सुदृढ बनाउन यसपटक पनि ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दाराजको दूई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने दराजले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसअन्तर्गत, यदि ग्राहकले नेपालभित्रको अर्को कुनैपनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारित भन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको सर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ ।

छुटहरूभन्दा बाहिर, ‘द रियल सेल’को उद्देश्य देशभरका ग्राहकहरूलाई मूल्य, सुविधा तथा उत्पादनहरूको विस्तृत छनोटलाई एकसाथ जोड्दै सहज र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्नु भएको कम्पनीले बताएको छ ।

यस सेल अवधिभर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा उपलब्ध अफरहरूको लाभ लिन सक्नेछन् । अभियानले उपभोक्तालाई आफ्ना मनपर्ने उत्पादनहरू आकर्षक मूल्यमा किनमेल गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।