काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौं सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार (दुई दिन) काठमाडौंमा सम्पन्न प्रतियोगिता सफल रुपमा सम्पन्न भएको बैंकले जनाएको छ । इन्डोर क्रिकेट प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत ८ टिम गरी बैंकका ८४ जना विभाग तथा शाखाहरुका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्तो कार्यक्रमहरूले संस्थाको संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धता समेत झल्काउने बताए । साथै, संस्थाभित्र अनुशासन, आपसी सहकार्य तथा स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण प्रमुख कार्यकारी अधिकृत पोखरेलले गरेका थिए ।
बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमार्फत कर्मचारीहरूबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा तथा संस्थागत एकतालाई अझ सुदृढ बनाउने विश्वास लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १९ लाख ९७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया