५ श्रावण २०८३, मंगलबार

एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको नाम, को-को परे ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले समानुपातिकतर्फबाट सांसद बन्नेको नाम निर्वाचन आयोगमा बुझाएको छ ।

एमालेले आज १६ जनाको नाम आयोगलाई बुझाएको हो । एमाले जनजाति क्लस्टबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसद बनाएको छ।

यसैगरी, महिलातर्फ सचिव पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी रहेको छन् भने मधेसी महिलामा रिङ्ला यादव र यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुष्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गरेको छ।