२७ असार २०८३, शनिबार

नयाँ सरकार बन्न १० दिन लाग्छ : रास्वपा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन हुन अझै १० दिने लाग्ने बताएको छ ।

आज रास्वपाका प्रवक्ता मनिष झाले समानुपातिक तर्फको चयन सकेपछि मात्रै सरकार गठन गरिने बताएका हुन्।

झाले भने, “संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं । त्यसपछि नयाँ सरकार बन्न १० दिनजति लाग्न सक्ला,”।

समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दैछ ।