काठमाडौं । अमेरिकी रक्षा विभागले बिहीबार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटनामा मारिएका छ जना सैनिकको पहिचान सार्वजनिक गरेको छ ।
रक्षा विभागले दुर्घटनाको अनुसन्धान भइरहेको बताएको छ । योसँगै इरानसँगको जारी युद्धमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको छ । जसमध्ये सात जना युद्धमा मारिएका थिए ।
जारी युद्धमा अहिलेसम्म करिब १४० अमेरिकी सैनिक घाइते भएका छन्, उनीहरुमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।








प्रतिक्रिया