१ श्रावण २०८३, शुक्रबार

नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पूर्ण रूपमा ठीक छन् : इरान

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धकाबीच इरानले देशका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पूर्ण रूपमा ठीक र चोटपटकमुक्त रहेको बताएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले सर्वोच्च नेता खामेनीले आफ्नो कर्तव्य निर्वाह गरिरहेको बताए । यसअघि बेलायती सञ्चारमाध्यम द सनले फेब्रुअरी २८ मा अमेरिका–इजरायली आक्रमणमा मुज्तबा गम्भीर घाइते भएको र कोमामा रहेको दाबी गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मुज्तबा घाइते भएको बताएका थिए तर इरानका विदेशमन्त्री अराघचीले उक्त दाबीमा सत्यता नरहेको उल्लेख गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।