१९ असार २०८३, शुक्रबार

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो दुर्घटना हुँदा ७ भारतीय नागरिकको मृत्यु

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

मनकामनाबाट फर्कँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो शनिबार राति गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको हो ।

माइक्रो सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । माइक्रोमा १५ जना सवार थिए ।

प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने एक गम्भीर घाइतेलाई भरतपुर रेफर गरिएको छ ।