१६ असार २०८३, मंगलबार

कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न दूतावासको अनुरोध

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ । मध्यपूर्वको तनावका कारण घर फर्कन चाहने नेपालीलाई दूतावासले सम्पर्क गर्न अनुरोध गरेको हो ।

दूतावासले कतारमा रहेका वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपाली नागरिकले साउदी अरबका विमानस्थल हुँदै घर फर्किने व्यवस्था गरिएको जनाइएको छ । यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्न राजदूतावासले अनुरोध गरेको छ ।

दूतावासले भिसा केन्द्रको फोन नम्बर समेत सार्वजनिक गरेको छ ।