२७ असार २०८३, शनिबार

अबुधाबी र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरिएको इरानको दाबी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को नौसेनाले अबुधाबी र बहराइनमा रहेको अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसी नौसेना प्रमुख एडमिरल अलिरेजा ताङसिरीले अबुधाबीमा रहेको अल–धाफ्रा एयर बेस र बहराइनमा रहेको शेख इसा एयर बेसलाई निशाना बनाइएको दाबी गरे ।

ताङसिरीका अनुसार सैन्य अड्डाको प्याट्रियट राडार प्रणाली, सैन्य विमान र विमान इन्धन भण्डारण ट्याङ्कीमा आक्रमण गरिएको र त्यसमा गम्भीर क्षति पुगेको छ । यद्यपि उक्त दाबीको पुष्टि भने भएको छैन् ।

पछिल्लो सैन्य आक्रमणले खाडी देशहरूमा तनाव बढाएको छ । अमेरिका–इजरायल र इरानबीच पछिल्लो दुई सातादेखि युद्ध जारी छ ।