काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुंग्याएको छ । पार्टीले समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरेको हो ।
पार्टीकी केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार आदिवासी महिलातर्फ मन्दिरा मोक्तान, खस आर्य महिलातर्फ अम्बिका सङ्ग्रौला, दलित कोटातर्फ राधिका रम्तेल र आदिवासी जनजातितर्फ पूर्ण लिम्बूको नाम समानुपातिक सांसदका लागि सिफारिस गरिएको हो ।








प्रतिक्रिया