२८ असार २०८३, आइतबार

खार्ग टापुमा अमेरिकी आक्रमण, इरानी सेनाले भन्यो– युएईमा रहेका अमेरिकी अड्डाहरूलाई निशाना बनाउँछौँ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानी सेनाले अब संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउने चेतावनी दिएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को यस्तो चेतावनी खार्ग टापुमा अमेरिकी आक्रमणपछि आएको हो ।

तस्निम समाचार एजेन्सीका अनुसार आईआरजीसीले भनेको छ कि इरानलाई आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रको रक्षा गर्ने अधिकार छ । युएईका शहरहरूमा रहेका अमेरिकी सेनाका बन्दरगाह, डक र अड्डाहरू सम्भावित निशाना हुन सक्छ ।

आईआरजीसीले युएईका सर्वसाधारणलाई बन्दरगाह, डक र अमेरिकी सैन्य क्षेत्रहरू नजिकका क्षेत्रहरू खाली गरेर सुरक्षित रहन अपिल पनि गरेको छ ।