२० असार २०८३, शनिबार

एसियाका देशहरूलाई तेल र ग्यास आपूर्ति गर्न सक्छौँ : अमेरिका

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी गृहमन्त्री डग बर्गमले जारी युद्धबाट प्रभावित एसियाका देशहरूलाई अमेरिकाले तेल र ग्यास आपूर्ति गर्नसक्ने बताएका छन् । टोकियोमा आयोजित ऊर्जा सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

१७ देशका प्रतिनिधिहरू उपस्थित रहेको सम्मेलनमा बर्गमले राष्ट्रपति डोनाल्ड ट्रम्पको ऊर्जा नीतिले अमेरिकासँग आफ्नो लागि पर्याप्त ऊर्जा रहेको र आफ्ना सहयोगीहरूलाई पनि ऊर्जा प्रदान गर्नसक्छ भन्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राखेको बताए ।

धेरै देशहरूले चीनमाथिको निर्भरता कम गर्न चाहेको उल्लेख गर्दै उनले ती चीजहरूको सुरक्षित आपूर्तिमा ध्यान दिनु महत्त्वपूर्ण रहेको बताए ।