काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धमा साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा पाँच वटा अमेरिकी विमानहरू नष्ट भएको दाबी गरिएको छ ।
वाल स्ट्रिट जर्नलका अनुसार हालैका दिनमा इरानी क्षेप्यास्त्र आक्रमणबाट अमेरिकी वायुसेनाका विमानहरू ध्वस्त भएको हो । आक्रमणमा कोही पनि मारिएका छैनन् ।
अमेरिकी केन्द्रीय कमान्डले यस विषयमा अहिलेसम्म केही खुलाएको छैन ।
हिजो मात्र अमेरिकी वायुसेनाको बोइङ केसी १३५ इन्धन भर्ने विमान इराकमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा रहेका सबै छ जना चालक दलका सदस्यको मृत्यु भएको थियो । जारी युद्धमा हालसम्म ११ अमेरिकी सैनिकले ज्यान गुमाएका छन् ।








प्रतिक्रिया