२२ असार २०८३, सोमबार

योगेशको अभिव्यक्तिमा शंकरको आशंका– अधुरो अंश मात्र सम्प्रेषण भयो कि ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईले महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् ।

उपमहाचिव भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको अभिव्यक्ति दिएका थिए । महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।

‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ ।’ पोखरेलले फेसबुकमा लेखेका छन् ,‘तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ ।’

महासचिव पोखरेलले आफूले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको भन्दै भट्टराईले ताप्लेजुङ जानुपर्ने बताउँदै दाङ नगएको उल्लेख गरेका छन् । त्यसलाई आफूले स्वाभाविक रूपमा लिएको तर अहिले योगेशका नाममा सम्प्रेषित समाचारबाट भने आफू आश्चर्यचकित भएको पोखरेलले उल्लेख गरेका छन् ।

योगेशको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुनसक्ने भन्दै पोखरेलले भ्रम नपरोस् भनेर मात्र आफूले स्पष्ट पारेको बताएका छन् ।