११ असार २०८३, बिहिबार

इरानी नयाँ सर्वोच्च नेताबारे जानकारी दिनेलाई १० मिलियन डलर दिने अमेरिकाको घोषणा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कार दिने घोषणा गरेको छ ।

अमेरिकी विदेश विभागको रिवार्ड्स फर जस्टिस कार्यक्रम अनुसार अमेरिकाले यो घोषणा गरेको हो । यस सूचीमा वरिष्ठ इरानी नेता अली लारिजानीसहित धेरै अधिकारीहरूको नाम समावेश छ ।

अमेरिकाले आरोप लगाएको छ कि उनीहरुले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग जोडिएको नेटवर्क सञ्चालन गर्छन्, जसले विश्वभर आक्रमण र आतंकवादी गतिविधिहरूको योजना बनाउँछ ।