१९ असार २०८३, शुक्रबार

ग्यासको कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने प्रशासनको चेतावनी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा इन्धनको कृत्रिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरी ग्यास तथा इन्धनको सहज आपूर्ति गर्न बिक्रेताहरूलाई अनुरोध गरेको छ । ‘उपभोक्ताहरूबाट बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) तथा इन्धनको सहज प्राप्तिमा कठिनाइ भएको भन्ने गुनासो आएकाले कोही कसैले पनि अनावश्यक रूपमा इन्धन तथा ग्यास सिलिन्डर होल्डिङ नगरी ग्यास तथा इन्धन आपूर्तिलाई सहज तुल्याउन हुन अनुरोध छ,’ प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा र नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।