काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्ने चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमलादेवी सुनुवार, काठमाडौं बुढानीलकण्ठ नगरपालिका–४ बस्ने सिन्धुली कमलामाई नगरपालिका–७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका–११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका–९ घर भएका ४१ वर्षीय अम्बर गुरुङ रहेका छन् ।
पक्राउमध्ये कमलाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रुपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ र अम्बरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका–१५ बाट र सविनालाई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।








प्रतिक्रिया