काठमाडौं । इरानको मध्य मार्काजी प्रान्तको एक गाउँमा इजरायली क्षेप्यास्त्र आक्रमणमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार आक्रमणले यस क्षेत्रमा त्रास फैलाएको थियो । घाइतेहरूलाई तुरुन्तै उपचारको लागि नजिकैका अस्पतालहरूमा लगिएको थियो ।
रिपोर्टका अनुसार उक्त गाउँ मध्य इरानमा अवस्थित छ । उद्धार र राहत टोलीहरू घटनास्थलमा पुगेका छन् । यो आक्रमणपछि इरान र इजरायलबीच जारी तनाव अझ बढ्ने देखिएको छ । पछिल्ला समयमा दुई देशबीच क्षेप्यास्त्र र हवाई आक्रमण जारी छन् ।
यसैबीच, दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा इजरायली आक्रमणमा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू छन् ।










प्रतिक्रिया