काठमाडौं । बालेन्द्र शाहले केपी शर्मा ओली लाई परेको पितृशोकप्रति समवेदना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले ओलीका पिता मोहनप्रसाद ओली को निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति प्रकट गरेका हुन्।
शाहले केही समयअघि आफूले पनि पिता गुमाएको उल्लेख गर्दै अभिभावक गुमाउँदाको पीडा निकै गहिरो हुने बताएका छन्। उनले यस्तो क्षणमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन्।
शाहले आफ्नो सन्देशमा पिताको महत्व दर्शाउने संस्कृत श्लोक उद्धृत गर्दै भावुक अभिव्यक्ति दिएका छन्।
केही समयअघि मात्र पिता गुमाएकाले पिताको अनुपस्थितिले जीवनमा कति ठूलो खालीपन ल्याउँछ भन्ने आफूलाई राम्रोसँग महसुस भएको उनले उल्लेख गरेका छन्। साथै उनले ओलीलाई परेको यस अपूरणीय क्षतिमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको कामना गरेका छन्।








प्रतिक्रिया