१८ असार २०८३, बिहिबार

नेपालले इरानीलाई ‘अन अराइभल भिसा’ नदिने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं । नेपालले इरानका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ ।

नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय भएको अध्यागमन विभागले जानकारी दिएको हो ।

विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल आउन पाउने छन् ।

नेपालले यसअघि नै नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकहरुलाई नेपालले अन–अराइभल भिसा स्थगित गरिसकेको छ ।