२३ असार २०८३, मंगलबार

किशोरी साहको उम्मेदवारी विवाद : अर्को इजलासमा सुनुवाई गर्न आदेश

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालत ले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह कमल ले दायर गरेको रिटमाथि अर्को इजलासमा सुनुवाइ गर्न आदेश दिएको छ।

शुक्रबार न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगाना को संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। यसअघि सम्बन्धित अर्को मुद्दामा न्यायाधीश सुवेदी संलग्न रहेको कारण देखाउँदै यो रिट अर्को इजलासमा पठाउने निर्णय भएको हो।

निर्वाचन आयोगले कालोसूचीमा परेको भन्दै साहको उम्मेदवारी खारेज गरेको थियो। उक्त निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेका हुन्।

यसैबीच आयोगले धनुषा–१ बाट मातृकाप्रसाद यादव लाई विजयी घोषणा गरिसकेको छ।